Friday, May 22News That Matters

स्याङ्जाका थप ३४ जना कोरोना मुक्त

पूर्णपुष्टि, असार १३

स्याङ्जाका थप ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षण पनि पोजेटिभ नै आएको छ ।

गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लाका १ सय ५९ सङ्क्रमितमध्ये २ जनाको मृत्यु भईसकेको छ ।