Tuesday, June 30News That Matters

स्याङ्जामा उपचारपछि निको हुनेको संख्या १२८ पुग्यो

पूर्णपुष्टि, असार २७

स्याङ्जामा कोरोना सङक्रमित उपचारपछि निको हुनेको संख्या १ सय २८ पुगेको छ । ६ महिला सहित १ सय ८८ जना सङक्रमितमध्ये २ जनाको मृत्यु भएको छ ।

केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको जनाईएको छ ।

जिल्लामा ४ जना स्थानीय व्यक्तिमा सङ्क्रमण भेटिएको भए पनि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुको सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण नपाइएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।