Saturday, April 18News That Matters

स्वतन्त्र उम्मेदवार डा. कल्याण रोकालाई जय मातृभुमी पार्टीको समर्थन

पूर्णपुष्टि, माघ २५ । उदयपुरको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका डा. कल्याण रोका (देवराज) लाई जय मातृभुमी पार्टीले समर्थन गरेको छ । सुरेश कुमार कार्कीको नेतृत्वमा निर्माण भएको जय मातृभुमी पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रोक्कालाई सघाउने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष कार्कीले आफ्नो पार्टीको तर्फबाट कुनै पनि उम्मेदवार नउठाएको हुँदा प्रत्यक्ष तर्फको स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन गर्ने जनाएका हुन् । अध्यक्ष कार्कीले आफ्नो पार्टीमा आवद्ध रहेको सम्पूर्णले समानुपातिक निर्वाचन प्रणालीमा ‘आमा ’ चुनाव चिन्हमा मतदान गर्न र प्रत्यक्ष तर्फ मुढा चिन्हमा मतदान गर्न अपिल गरेका हुन् ।