Monday, April 20News That Matters

स्वर्गिय श्यामकर्ण राईको स्मृतिमा आफन्तहरुले गरे रक्तदान

पूर्णपुष्टि, ११ भदौ ।

स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका स्वर्गिय श्यामकर्ण राईको स्मृतिको अवसरमा आफन्त तथा छिमेकीहरुले रक्तदान कार्यक्रम गरेको छ । साबिकको लाफागाउँ गाबिस वडा नम्बर ९ गल्लिटोल र हाल रौतामाइ गाउँपालिका वडानम्बर ३ लाफागाउका ६२ बर्षिय श्यामकर्ण राईको दशौँ पुण्य तिथिको अवसरमा आफन्तहरुले नेपाल रेडक्रस सोसाईटी उदयपुरमा गएर रगत प्रदान गरेका थिए । आफन्त राम कुमार राईका अनुसार श्यामकर्ण राई स्वास्थ्य क्षेत्रमा करिब १६ बर्ष सेवा गरेको र पछिल्लो समय एन्जीओ, साहित्य सँगै सामाज सेवामा समेत अव्वल रहेका राईको उच्च कदरको निम्ति रगत दान गरेको जनाए । राई सहित नौ जनाले रक्त संञ्चार सेवाको कार्यलय बोक्सेमै गएर रगत प्रदान गरेका थिए । रगत प्रदान गर्नेहरुमा कौसल राई ,एक्षिक राई, कला राई, सम्झना राई, राम कुमार राई, एल्बिन राई, तामिन्द्र राई, पबन चाम्लिङ्ग , सन्तोस कोइराला रहेका थिए ।