Sunday, June 21News That Matters

स्वास्थ्य कार्यालयले भनेकाे संक्रमित ताप्लीमा भेटिएन

पूर्णपुष्टि, जेठ ५ ।

स्वास्थ्य कार्यालय, उययपुरले ताप्लीमा १ कोरोनो संक्रमित भनी सार्बजनिक गरेको तथ्यांक पालिकाले स्विकार गरेको छैन ।  ताप्ली वडा नंं. ३ को भनिएको ब्यक्ति सो वडामा बुझ्दा पत्ता नलागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताउनुभयो । वडाभरी बुझ्दा त्यसवडामा नाम, उमेर ठेगाना अनुसारको कोही ब्यक्ति नरहेको बुझिएपछि तथ्यांकलाई स्विकार गर्न नसकिएको अधिकृत लामाले बताउनुभयो । अझ पनि पालिका कोरोनामुक्त रहेको पालिकाको दावी छ ।

पालिकाले हालसम्म संकास्पद दुईजनामा एन्टिजम परिक्षण गर्दा दुवैजना नेगेटिभ आएको जनाएको छ । पालिकामा ५० वटा किट भध्ये दुईवटा मात्र प्रयोग भएको छ । शंका लागेमा परिक्षणका लागि आउन पालिको पालिकाबासीलाई सूचना गरेको जनाएको छ । गाउँघरमा ज्वरो आउनेहरु रहेको खबर आएपनि परिक्षणमा नआएको जनाइएको छ । पालिका आफैले अग्रसरता देखाइ परिक्षणको दायरा बढाउनुपर्ने देखिएको छ ।