Sunday, June 21News That Matters

लिम्चुङबुङलाइ वैज्ञानिक महाविर पुनकाे सहयाेग

पूर्णपुष्टि, जेठ ५ ।

लिम्चुङबुङ गाउँपालिकालाई नेपालको बैज्ञानिक डाक्टर महाविर पुनले कोरोनामा सहयोग पुर्याउनु भएको छ । उहाँले पालिकालाई २० सेट पिपिइ सेट निःशुल्क प्रदान गरी सहयोग पुर्याउनु भएको हो । पालिका अध्यक्ष मेजरकुमार राईलाई आज पुनले राष्ट्रिय अविस्कार केन्द्रमा पिपिइ सेट प्रदान गर्नुभयो । बैज्ञानिक पुनको नेतृत्वको अविस्कार केन्द्रले कोरोना संकटको बेला यस्ता थुप्रै सहयोगी काम गर्दैआएको छ । पालिकाले पुनको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी लिम्चुङबुङको बाराहा स्थित आइसोलेशनमा रहेका २ जना संक्रमितलाई अक्सिजनमा राख्नु परेको छ । आइसोलेशनमा बसेका मध्ये अन्य छ जना भने सामान्य अवस्थामा रहेको आइसोलेशन ब्यवस्थापन प्रमुख कर्णसेर राईले जनाउनु भएको छ ।

संक्रमितहरुलाई आफ्नै पालिकामा उपचारका लागि बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा १२ बेडको आइसोलेशन बनाइएको छ । त्यहाँ एकजना एमबीबीएस डाक्टर उमेश कार्कीसहितको स्वास्थ्यकर्मी टोली ब्यवस्था गरिएको छ । पालिकामा पाँचवटा अक्सिजन शिलिण्डर तयारी अवस्थामा राखिएका छन् ।

संक्रमित विरामीलाई जटिल अवस्था आइपरेमा तत्काल एम्बुलेन्स मार्फत कोरोना अस्पताल लैजाने ब्यवस्था मिलाइएको पालिकाका प्रकासकीय अधिकृत टार्जन लिम्बुले बताउनुभयो ।