Tuesday, April 21News That Matters

काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

पूर्णपुष्टि, जेठ ५ ।

उदयपुरका दुइ डिभिजन वन कार्यालयहरू  र सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ उदयपुरको संयुक्त बैठकले काेराेनाबाट मृत्यु भएकाकाे शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने निर्णय गरेकाे छ । सम्बन्धीत स्थानीय तहले सम्बन्धीत वन समुहबाट दाउरा निशुल्क वा छुटमा पाउने गरी  प्रवन्ध मिलाएकाे हाे ।

काेराेना संक्रमणका कारण मृतककाे संख्या बढ्दै जाँदा शब ब्यवस्थापन र दाहसंस्कारलाइ प्रभावकारी बनाउन यस्ताे निर्णय गर्दै प्रवन्ध मिलाएकाे सामुदायिक वन उपभाेक्ता महासंघ, उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयाे ।

गत वर्ष यसैढंगले कोरोना प्रभावित परिवारहरुलाई १ करोड रु ४० लाख बढी रकमको नगद, खाद्दान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियाे ।

सामुदायिक वनको घाटगद्दीबाट उपलब्ध हुने वा दाउरामा मात्र प्रयोग हुने ढलापडा वा सुकेका रुखकोे भागलाई आवश्यकता अनुसार कटान समेत गरेर प्रयाेग गर्न पाउने प्रवन्ध मिलाइएकाे छ । कटानमा संकलन खर्च, लोड, अनलोड, ढुवानी तथा डिपो कायम गर्न आवश्यक खर्च भने सम्बन्धित स्थानीय तहले ब्यहोर्न भनिएकाे छ ।

शव दहनको लागि राजस्व छुट गरी स्थानीय तहलाई उपलब्ध भएको र प्रयोग भएको दाउराको विवरण भने सम्बन्धित स्थानीय तहबाट सव डिभिजन वन कार्यालय र डि.ब.का.मा उपलब्ध गराउनु पर्ने भनिएकाे छ ।

डिविजन वन कार्यालय उदयपुरका प्रमुख अम्विकाप्रसाद पाैडेल, डिभिजन वन त्रिवेणीका प्रमुख फडिन्द्र प्रसाद पाेखरेल,  सा.व.उ. महासंङ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, उपाध्यक्ष वेदबहादुर राइ लगायतकाे बैंठकले यस्ताे निर्णय गरेकाे हाे ।

साथै उदयपुरकाे बेलकामा निर्माण गर्न लागिएकाे अक्सिजन प्लान्ट तथा काेराेना राेकथाममा अग्रपंतीमा खटिनेहरूका लागि पीपीइ सेटहरू खरिदका लागि सहयाेग पुर्याउन सहयाेग जुटाउनसमेत पहल थाल्दै वन समुहहरूलाइ सहयाेगकाे अाव्हान गरिएकाे छ ।