Wednesday, April 22News That Matters

स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

पूर्णपुष्टि, कार्तिक ४ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी भएका छन् ।

शनिबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको पहिलो खेलमा थानपोखरी फुटबल क्लबले नव सार्वजनिक युवा क्लब बेलाहालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा गोर रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा थानपोखरी फुटबल क्लब ज्यामिरेले नव सार्वजनिक युवा क्लब बेलाहालाई ४–३ गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

थानपोखरीका लागी नविन चौधरी, नब्नित चौधरी, अजित चौधरी र गोल रक्षक रेम्बो चौधरीले गोल गरे भने बेलाहाका लागी उमेश चौधरी, अनिल चौधरी र ईश्वर चौधरीले गोल गरे । यस खेलमा गोल रक्षक रेम्बो चौधरी म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेलमा रातापानी फुटबल क्लबले कालिका फुटबल क्लब बेलाहालाई पराजित गरेको छ । रातापानी फुटबल क्लबले कालिका फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । रातापानीका लागी सुघम चौधरीले गोल गरे । उनले खेलको १७ औं मिनेटमा गरेको गोल नै रातापानीका लागी निर्णायक गोल बनेको हो । यस खेलमा सुघुम चौधरी म्यान अफ द म्याच भए ।‘लागु पदार्थ दुव्र्यसनी विरुद्ध हाम्रो अभियान स्वास्थ्य सभ्य समाज हाम्रो पहिचान’ भन्ने नारका साथ मलिथम थारु सेवा समाजले स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिप–२०२३ आयोजना गरेको हो । यस प्रतियोगिताको बिजेताले ट्रफी, मेडर र नगद रु. ३५ हजार प्राप्त गर्नेछ भने उपबिजेताले ट्रफी, मेडर र नगद रु. २५ हजार प्राप्त गर्नेछ । यहि कार्तिक ३ गतेदेखी सुरु भएको प्रतियोगिताको फाईनल खेल कार्तिक ६ गते हुनेछ ।