Tuesday, April 21News That Matters

हडियामा विद्यालय भवन शिलान्यास

पूर्णपुष्टि,माघ ६

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित जनता माध्यामिक विद्यालय भवनको शिलान्यास भएको छ । नगर प्रमुख खगेन्द्र राई र उप्रमुख रिता कुमारी चौधरीद्धारा संयुक्तरुपमा सोमबार ३ तले ६ कोठे पक्कि नयाँ भवनको शिलान्यास गरेका हुन् ।

नमुना विकास कार्यक्रम अन्तगर्तको बजेट १ करोड २१ लाख भएपनि ठेक्का प्रक्रिया मार्पmत ७४ लाख ६७ हजार रुपैयाको लागतमा काम हुने भएको छ । भवन निर्माणको जिम्मेवारी देवीमहांकाल कन्स्ट्रक्शन कम्पनी गाईघाटले पाएको विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख राईले जिम्मेवारी, जवाफदेहीता र कर्तव्यनिष्ट भएर जुनसुकै कार्यहरु गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरीले शिक्षा भनेको दुई आँखाको ज्योति भएको बताउँदै शिक्षाको चेतनाले गर्दा आज मानिसहरु चन्द्रमामा पुग्न सफल भएको बताउनुभयो ।

वडा नंंं.१० का वडाध्यक्ष रामकुमार खड्काले शिक्षा आर्जन नगरी डाक्टर, पाईलट र इञ्जिनीयर बन्न नसकिने भएकोले आफ्नो बालबालिकाहरुलाई विद्यालय पठाउँन अभिप्रेरित गर्न आग्रह गर्नुभयो ।