Tuesday, April 21News That Matters

हत्या योजना बनाएको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, चैत ८ ।
हत्याको योजना बनाएको अभियोग सर्लाहीका एक युवकलाई प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ बस्ने विश्वराज पोखरेललाई अपराधिक षड्यन्त्र गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए ।
दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका पोखरेल पटक–पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।