Wednesday, June 10News That Matters

हराएको युवा मृत फेला

खोटाङ, फाल्गुन १५ गते । 

खोटाङको जन्तेढुङगा गाउँपालिका–१ देविस्थान निबासी २१ बर्षीय आशिष राई मृत फेला परेको छ । गत फाल्गुन ९ गते देखि हराएको राई जन्तेढुङ्गा गाउँपालिका–१ कुटिटार स्थित सुनकोशी किनारमा मृत फेला परेको हो ।

९ गते साथीहरुसंग बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तिर घुम्न भनी गएका राई बेलुकासम्म घर नआई बेपत्ता भएका थियो । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता भएका राईको खोजतलास गरिरहेका टोलीले बुधवार दिउँसो साँढे १ बजे सुनकोशी किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।