Friday, May 22News That Matters

हरित त्रियुगा नगरका लागि बृहद बृक्षरोपणको सुरुवात, एकसातासम्म सबैवडामा हजार विरुवा रोपिने -फाेटाे फिचरसहित

पूर्णपुष्टि, साउन १ ।

नयाँ आर्थिकवर्ष २०७७÷०७८ सुरुवातीसंगै त्रियुगा हरित पार्क निर्माणको सुरुवात आजबाट भएको छ । हरित महिना साउन १ को अवसर पारेर नगरपालिकाले सिंगो नगरपालिकालाई नै हरित पार्ने अभियान सुरुवातको रुपमा बृक्षरोपण कार्यक्रम सुरु गरेको हो ।

आज त्रिनपा १२ त्रिवेणीटोल, विसनपुरबाट सुरु भएको बृक्षरोपणलाई पालिकाको १६ वटै वडामा विस्तार गर्दैछ । १६ वटै वडामा एकहजारका दरले विरुवा वितरण गरिने नगरपालिकाले जनाएको छ । साथै भोलीदेखि एकहप्तासम्म हरेक वडामा बृक्षरोपणको कार्यक्रम अगाडी सारिने जनाइएको छ ।

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराज–सप्तरी, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समि िआयोजना कार्यालन्वय इकाई सलकपुर–मोरङको सहयोगमा पालिकाले बृहद बृक्षरोपण थालेको हो । अभियान अन्तर्गत २५ हजार विरुवा रापिने छन् । २५ हजार विरुवाले त्रियुगा हरितपार्कको रुपमा हराभरा हुने लक्ष छ । त्रियुगा नगरभित्रका सडक किनार, चोक, पार्क आदि सबैलाई विरुवा, फुलहरुले हराभरा बनाउने लक्ष छ ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, वन तथा प्राविधिक कार्यालयका प्रमुख, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको बृहद् बृक्षरोपण उद्घाटन समारोहमा मेयर बलदेव चौधरीले हरित अभियानलाई सफलरुपमा पुरा गर्ने बताउनुभयो । बृक्षरोपणले प्राकृतिक हराभरा बनाई मानवीय जीवनको हरेक पक्षसंग महत्वपूर्ण अर्थ राख्ने भन्दै विशेष गरी स्वस्थ्य, शिक्षित, स्वच्छ र हराभरा नगर निर्माणमा मद्दत गर्ने बताउनुभयो । उपमेयर देवीकुमारी चौधरीले अभियानमा सहभागिता र सहयोगका लागि सबैलाई आव्हान् गर्नुभयो ।

विरुवा रोपेर बृक्षरोपणको सुरुवात गरिएको छ । मेयर, उपमेयर, प्रजिअ, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवाहरुले बृक्षरोपण गरेका छन् । यो सुरुवातीसंगै अव हरेक वडाहरुमा वडाध्यक्षहरुको अगुवाईमा हरित वडा बनाउन बृक्षरोपणले निरन्तरता पाउने नगरपालिकाका योजना अधिकृत दिनेशकुमार सिवाकोटीले बताउनुभयो । बृक्षरोपणका लागि मलेसियन सालको विरुवा रोजिएको छ । काठ प्रायोजनसमेतका लागि उपयुक्त हुने मलेसियन साल नदिकटान रोक्न तथा पार्क सजाउनका लागि रोजिएको नगरपालिकाले जनाएको छ ।

हजारौंको संख्यामा गरिने बृक्षरोपणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष सहयोग रहने र प्राविधिक सहयोगमा वन कार्यालयको रहने बताइएको छ ।

तस्विरहरू :