Saturday, June 27News That Matters

हर्क साम्पाङले गरेको सय दिनको काम सार्वजानिक

पूर्णपुष्टि, भदौ २
धरान उपमाहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो सय दिनको काम सार्वाजानिक गरेको छ । राईले आफ्नो आधिकारिक फेसवुक स्टाटसमा मेयर भएताका सय दिनको काम सुचि सहित सार्वजानिक गरेको हो । उनले धरान विकास र त्यहाँको वेतिथिको बारेमा महत्वपूर्ण काम गरेको उल्लेख गरेको छ ।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–

१। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२। ४ ठाउँबाट खानेपानीको मूहान थपें
३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४। ६ लाख विरुवा रोपें
५। सरसफाइमा देखिने सुधार ल्याएँ
६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७। जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८। बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९। लागु औषध विरुद्धको अभियान शुरु गरें
१०। योजनाहरुका लागि बजेटको जोहो गराएँ
११। पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२। पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३। शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ