
पूर्णपुष्टि, फागुन १०
वातावरण प्रदुषण फैलाउने सवारी हरण ३ बर्ष पहिल्यै बाट निषेधित रहेको भएपनि पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन् ।
जथाभावी सवारी हर्नले वातावरण प्रदुषण हुनुका साथै बिरामी तथा बिभिन्न मानसिमा वातावरणीय असर पुराउने भन्दै यसलाई आवश्यक भन्दा अन्य काममा बजाउन नपाउने ट्राफिक नियममा उल्लेख गरिएको छ ।
राजधानीमा ५ बर्ष पहिल्यै बाट यो कार्यन्वयन सुरु गरिएको भएपनि प्रदेश नं १ मा भने ३ बर्ष देखि यो नियम लागु गर्दे आएको थियो ।
प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीको निर्देशनमा १४ ओटै जिल्लामा रहेको ट्राफिक कार्यालयहरु र त्यस माताहतमा रहेको सबै ट्राफिक पोष्टहरुमा सोमवार ठुला तथा साना सवारीहरुलाई हर्न निषेधबारे सम्झाउने काम भएको छ ।
१ नंम्वर प्रदेशलाई वातावरण प्रदुषण मुक्त बनाउन ट्राफिक प्रहरीले हर्न निषेध गर्ने अभियान अन्तगरगत उदयपुरमा पनि हर्न निषेधबारे सवारी चालकहरुलाई हात जोडेर ट्राफिक सचेतना कार्यक्रमबाट सम्झाउने गरेको हो ।
यसै शिलशिलामा उदयपुर ट्राफिक प्रहरीले पनि बिना काममा हर्न लगाउने र हर्न निषेधबारे नबुझेका सवारीहरुलाई सम्झाउने काम गरेको छ । गाईघाट लगायत बिभिन्न ठाउँ कटारी, बेल्टार, बेलकामा पनि यसबारे सम्झाउने काम भएको छ ।
उदयपुरका ट्राफिक इन्चार्ज कमल कार्कीको नेतृत्वमा त्रियुगा बषपार्क स्थित बस, ट्रक, टिफर, भेन, जिप जस्ता सवारीहरुलाई यसबारे बुझाइएको छ ।

ट्राफिक इन्चार्ज कार्कीले यो कार्यक्रम सचेतनाको लागि जिल्लाका सबै ठाउँमा गरिएको बताउनुभयो । १ नं प्रदेशको प्रमुख ट्राफिक कार्यालयको माताहतमा रहेको १४ ओटै जिल्लाहरुमा यो सचेतना कार्यक्रम संञ्चालनमा रहेको कार्कीले बताउनुभयो ।
कार्कीले सडकको स्थिति र आपत कालिन समय भन्दा अन्य बेला हर्न बजाएर वातावरण प्रदुषण गर्न कुनै पनि सवारीलाई छुट नहुने भन्दै ३० सेकेण्ड देखि १ मिलेट सम्म चालकहरुलाई हात जोडेर सम्झाउने काम गरेको बताउनुभयो ।
घुम्तिहरु र बाटोमा केहि आपत कालिन परेमा भने हर्न बजाउन पाउने उहाँले बताउनुभयो । काम विना हर्न बजाइएको पाइएमा कार्वही हुने उहाँले बताउनुभयो । अहिले सम्म धरै सवारीहरु कार्वाहीमा पनि परिसकेको छ उहाँले भन्नुभयो । बिना काममा हर्न बजाउनेलाई ५ सय देखी १५ सय सम्म जरिवाना हुने बताउनुभयो ।

