Friday, May 22News That Matters

हवाइ चप्पलमा सपना देखेका पुजन

बुद्धि चामलिङ राई
बेलका, असार २९

उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टार–बसाहा हुँदै रामपुर चतरा जाने सडकको देउरारी  डाडा (जङ्गल) कटेपछि  सुपाडे बजारदेखि  बेलका नगरपालिकाको सिमा सुरु हुन्छ । सुपाडे बजारको देब्रेपटि  करिब दुई किलोमिटर भित्र उत्तरी दिशामा बेलका नगरपालिकाको वडा नम्बर ५ घुम्ने गाउ रहेको छ । यो घुम्ने गाउका स्थानिय युवाहरु तीन हप्ता अघिसम्म  स्थानिय खेतिपातिको काममा ब्यस्त हुन्थे  । गाउँ भएकाले स्थानीय गाउले युवाहरु कृषिको काम मकै गोड्ने, खन्ने, धान रोप्ने काम, गाइबस्तु गोठाला गर्ने युवाहरुको अहिले दैनिकी फेरिएको छ ।

गत असार १७ गते देखि स्थानिय बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेका स्थानिय २५ बर्षिय युवा पुजन कटुवाल (भोजराज) ले हवाइ चप्पल उद्यम खोले पछि यहाको युवाको दैनिकी फेरियको हो । यस अघि सामान्य खेतिपातिको काममा दिन बिताउने यहाका युवाहरु अहिले मानिसले लगाउने हलुका किसिमको हवाइ चप्पल बनाउने काममा ब्यस्त हुन्छ्न । अहिले घुम्नेका ३ जना जोशिला उर्जाशिल  युवाहरु बिहान १० बजे उद्योग खुले देखि बेलुकी ५ बजेसम्म  मानिसले लगाउने विभिन्न साइजको चप्पल बनाउन नै ब्यस्त हुन्छन ।

चप्पल बनाउने उधोग गाउमै खुले पछि हेर्न आउने मानिसहरुको दैनिक भिड लाग्छ । हेर्न आउने आगन्तुक दर्शक हरुलाइ चप्पल बनाउने तरिका बारे सन्चालक पुजन बेलिबिस्तार लगाउछन ।  आफैले लगाउने चप्पल कसरी के बाट बन्छ भन्ने उत्सुकता मेट्न र हेर्न को लागि दैनिक १० देखि २० जनाको सङ्ख्यामा मानिसहरु हेर्न आउने गरेको संचालक पुजन बताउछन । आफुले शुरु गरेको उद्यम हेर्न आउने मानिसको हौशला र प्रोत्साहनले आफुलाइ थप उर्जा मिलेको पुजन को भनाइ छ ।

युवा उद्यमी पुजन कटुवाल

२०७० साल अघि शिक्षण सङ्काय अङ्ग्रेजी बिषयमा कक्षा १२ पास गरेर पुजनले २०७१ सालमा  चौदण्डिगढी नगरपालिका वडा नम्बर १ रानिटारमा नर्सरी देखि कक्षा ३ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमबाट पढाइ हुने निजि बिद्यालय खोलेर करिब ३ बर्ष २०७४ सालसम्म सन्चालन गरे । स्थानिय अबिभाबकको सहयोग नपाउदा र बिद्यार्थीको सङ्ख्या कम भएपछि बिद्यालयलाई बन्द गरि उनी गाउमै केही गर्ने सोचको लागि आर्थिक लगानी जुटाउन मलेसिया हाक्किए । मलेसियामा उनले करिब १७ महिना बिद्युतिय सामान उत्पादन हुने कम्पनिमा काम गरे । कम्पनिको काम बाहेक उनले खालि समयमा हवाइ चप्पल बनाउने उद्योगमा काम गर्दै अनुभव बटुले । हवाइ चप्पल बनाउने मेशिन किन्ने लगानी कमाएपछि उनी पुन नेपाल फर्किय र आफ्नै गाउँमा उधम खोले ।

हवाइ चप्पल बनाउने मेशिनमा उनले ४ लाख लगानी गरे भने बाकी अरु पुर्बाधार तयार गर्न ४ लाख गरि जम्मा ८ लाख लगानी भएको पुजनको भनाइ छ । उनलाइ उद्यम खोल्न सहयोग गर्ने उनका दरिलो सहयोगिको रुपमा उनको भाइ आएका छन  । उनका भाइ पेशाले स्वास्थ्यकर्मी अहेब हुन । स्वास्थ्य कार्यालयको काम सकिए पछि उनी पनि बेलुकी दाजु सङ्गै चप्पल बनाउने उद्योगमा भेटिन्छन ।  हवाइ चप्पलको बजारमा खुद्रा मुल्य १ सय देखि १ सय ५० सम्म पर्ने भए पनि पुजनको हवाइ चप्पल उपभोक्ताले ९० रुपियासम्ममा पाउने पुजन बताउछ्न ।

स्थानिय उत्पादनलाई स्थानियले प्राथमिकता दिने हो भने उद्यमले राम्रो बिकास  गर्ने उनको सपना छ । उद्यमलाई बिकास  गर्न र टिकाइ राख्न स्थानिय सरकारको सहयोग अपरिहार्य रहेको पुजनको भनाइ छ । स्थानिय सरकारले सहुलियतमा बिना ब्याज श्रण दिने हो भने यस्ता गाउमा खुलेको उद्यमले छिटो बामे सर्ने उनको बुझाइ छ । अहिले पुजनले खरिद गरेको मेशिनले करिब १ हजार विभिन्न साइजको हवाइ चप्पल उत्पादन गरिसकेको छ । ३ जना कामदारले दैनिक १२ सय चप्पल बनाउन सकिने भए पनि अहिले दैनिक रुपमा बिद्युत आउने जाने गर्ने समस्याको कारण र उत्पादन गरिएको चप्पलको माग थोरै भएकाले उत्पादनमा गति नदिएको पुजनले बताए ।

उद्योगमा उत्पादित चप्पल

“बेलका जुत्ता चप्पल उद्योग“  नाम दिएको उद्योगले अहिले हवाइ चप्पल र कागज, आल्मुनियमको टपरी बनाउन सक्छ । त्यस बाहेक आगामी दिनमा महिलाहरुले लगाउने जुत्ती, पुरुष महिला दुबैले लगाउने  जुत्ता बनाउने मेशिनको पनि खरिद गर्ने योजना पुजनको छ । पुजनले  चप्पल बनाउने कच्चा पदार्थ (सित, तलि) अहिले बिराटनगरबाट खरिद गरि ल्याएर बनाउने गरेका छन । प्रती जोर चप्पल बनाउन ८० रुपियासम्म लगानी लाग्ने र होलसेलमा ८५ रुपियासम्ममा दिन सकिने पुजन बताउछ्न । अहिले आफ्नो गाउको उत्पादन इटहरीबाट ६ सय जोरको माग आइसकेको पुजनले बताए ।

त्यस बाहेक हाम्रो चप्पल उत्पादन स्थानिय रामपुर बजारमा पनि गइसकेको छ ।, व्यापारीबाट राम्रो प्रतिक्रिया पाएको पुजन सुनाउछ्न  । पुजन भन्छ्न “हाम्रो गाउको उत्पादन शहर र पहाडी गाउको उपभोक्ताले सस्तो, दरिलो, टिकाउ हुने उत्पादनको रुपमा लिउन भन्ने योजनामा हामी काम गरिरहेका छौँ ।” सबैको सहयोग, सहानुभूति र मायाको आबश्यकताको महशुस गरेका छौँ पुजनले भने । आफ्नो स्थानिय चप्पल उत्पादन उदयपुर जिल्लाको कटारी, मुर्कुचि, नेपालटार, गाइघाट, बेल्टार लगायत देशको सबै सहर, ठाउँहरुमा माग अनुसार बजार प्रबर्द्धनमा आफुहरु लाग्ने पुजनको योजना छ ।

भाबु राई – संचालक (अशिन जुत्ता चप्पल पसल गाइघाट)

केही बर्ष अघि सम्म सामान्य ३०–३५ रुपियामा पाउने हवाइ चप्पल अहिले बजारमा न्युनतम १ सय रुपिया देखि १ सय ५० रुपैयाँसम्ममा किन्न सकिन्छ । सामान्य रुपमा घरमा बस्दा लगाउने हलुका चप्पल भएको कारण चल्ती नभए पनि घर को लागि अनिबार्य जस्तै बनेको छ । आबश्यकतालाई मध्येनजर गर्दै शहरका मानिस  यस्ता हवाइ चप्पलका उपभोक्ता हुन । पहाडी गाउले परिबेशका मानिसलाई भने बलियो र टिकाउ हुने चप्पल चाहिने भएकाले बलियो तथा टिकाउ हुने चप्पलको माग बढी छ । अहिले गाइघाटका पसलहरुमा बिक्री हुने हवाइ चप्पल बिरगन्ज, बिराटनगर, इटहरिबाट आयात हुँदै आएको छ ।