Tuesday, April 21News That Matters

हावाहुरीले १ करोड २० लाख बढीको भौतीक क्षती

पूर्णपुष्टि सम्बाददाता
५ चैत्र, २०८२ । उदयपुर
उदयपुरमा हावाहुरीले ठुलाे धनजनकाे क्षती भएकाे छ । भाैतिक क्षतीतर्फ एक करोड २० लाख ६६ हजार पाँचसय बराबरको क्षती गरेको छ । गत चैत्र २ गतेरातीको बर्षातसंगैको हुरीबतासले जिल्लाको विभिन्न ठाउँमा क्षती गर्दा उक्त क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले संकलन गरेको क्षती विवरण अनुसार हुरीबतासले जिल्लाको छवटा स्थानीय तहका विद्यालय, सामुदायिक भवन र ब्यक्तिहरुको घरगरी १३५ संरचनामा क्षती पुर्याएको छ । सबैभन्दा बढि ब्यक्तीहरुको घरमा क्षती पुर्याएको हो । दुई विद्यालय, पाँचवटा सामुदायिक भवनमा क्षती पुर्याउदा १२८ घरमा क्षती पुर्याएको हो ।
सबै संरचनाको छानो आंशिक तथा पूर्णरुपमा उडाएर क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो । जिल्लामा धेरै जनधनको क्षती भएकाले क्षती विवरण संकलन गर्न तीनदिन लागेको उहाँले बताउनुभयो ।
रौतामाई गाउँपालिका–३ स्थित जनता माध्यामिक विद्यालय छानो पूर्वरुपले उडाउँदा ९ लाख ८५ हजार पाँचसय रुपैयाको क्षती भएको छ भने कटारी नपा–१३ स्थि मा.वि. मयांखुको छानो उडाउँदा दुई लाखको क्षती भएको छ ।
कनपा–१० स्थित सामुदायिक भवन र कनपा–११ स्थित कृषि तथा पशुपंक्षी समुह भवनको छानो उडाउँदा एक÷एक लाखको क्षती भएको छ । ताप्ली गापा–४ स्थित बाँसपानी टोलविकास संस्थाको एकलाख ५० हजार, नमुना टो.वि.सं.को ५० हजार, सामुदायिक मिल भवनको ५० हजार क्षती पुगेको छ ।
त्यसैगरी कटारी नगरपालिकामा ६३, ताप्लीमा ३२, लिम्चुङबुलमा २५, उदयपुरगढीमा ४, रौतामाईमा २ र चौदण्डीगढीमा २ गरी १२८ घरको छानो उडाउँदा एककरोड, चारलाख ३१ हजार क्षती पुगेको छ । अधिकांश जस्तापाताले छाएको काठे घर र केही ढुंगामाटो तथा बाँसको टाटी र फुसको छानो भएको घर क्षतीमा परेका छन् ।
विद्यालय र सामुदायिक भवनतर्फ कुल १६ लाख ३५ हजार पाँचसय क्षती देखिन्छ भने ब्यक्तिहरुको एककरोड, चारलाख ३१ हजार ठूलो क्षती हुन पुगेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक केदारमान दोङका अनुसार हावाहुरीको मानवीय क्षतीतर्फ क.न.पा.–५ तिनकुनेचौकका ६४ बर्षिय बिरेन्द्र चौधरी र क.न.पा.– ८ थलियाटारकी ४९ वर्षिया मिनामाया तामाङ गरी दुईजनाको मृत्यु भएको छ । क.न.पा–५ का ४६ वर्षिय लिलाबहादुर दनुवार र क.न.पा–८ की २० वर्षिया कमलकुमारी मगर गम्भिर घाइते भए । प्रादेशिक अस्पताल कटारीबाट रेफरगरी विराटनगर लगिएका उनीहरु मध्ये कमलकुमारीलाई थप उपचारका लाठि काठमाडौं लगिएको र लिलाबहादुरको स्वस्थ्य सुधार भई घर फर्केको प्रहरीले जनाएको छ । घाइतेहरु क.न.पा–५ की ५ वर्षिया बिनिसा चौधरी, सोहीवडाका ४६ वर्षिय प्रेमचन्द्र दनुवार, क.न.पा–३ आहालडाँडाका २७ वर्षिय युवराज कार्की र क.न.पा.– १२ की १६ वर्षिया अस्मिता परिवार उपचार पछि घर फर्किसकेका छन् ।