
पूर्णपुष्टि, माघ २५
चिसो बढेसँगै गोरखामा हिउँ परेपछि हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता भएका हुन् । उनीहरू दुबै जना साथीहरू रहेको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेको पहरीले जनाएको छ ।
उनीहरु दुबै जना लाप्राकमा हिउँ खेल्न भनेर बिहान खान खाएर १० बजेतिर घरबाट हिँडेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।
उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए । तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै खबर गरेका थिए ।
स्थानीय र प्रहरी मिलेर उनीहरूको खोजी गरिरहेका छन् ।

