
पूर्णपुष्टि, ८ मंसिर ।
कार्तिक २४ देखी हलमा प्रदर्शन भैरहेको फिल्म “दिमाग खराब” को गित हितैको माया युट्युव, टिकटक लगायत सामाजिक संञ्जालहरुमा चर्चित बन्यो । उक्त गितलाई चर्चित गायक सुगम पोखरेल र नव गायीका इन्द्रकला राईले स्वर दिएकी थिईन । गित संगितको क्षेत्रमा सुगम पोखरेलको अनुभावको आधारमा इन्द्रकला कलिलै छिन् । तर पनि हितैको मायामा इन्द्रकलाले आफ्नो उत्कृष्ट स्वर भरेकी छिन् । खोटाङको बुईपा छिप्टीमा जन्मीएकी इन्द्रकला परिवारको ठुली छोरी हुन् । बाबासँग आमाको डिभोर्स भएपछि इन्द्रकला हाल आमा सँग मामाली घर उदयपुर बस्दै आएकी छिन् । गायनमा असाध्यै रुची राख्ने इन्द्रकला सानै उमेरदेखी गित गाउने गर्थिन । बिभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिँदै जाने क्रममा आज फिल्मको गित समेतको इन्द्रकलालाई अफर आयो । ५ बर्ष अघि मात्रै ब्यवसायीक सांगितिक यात्रामा प्रवेश गरेकी इन्द्रकलाले २० ओटा भन्दा बढी गित गाईसकेको दाबी छ । पछिल्लो समय फिल्म दिमाग खराब बाट गाएको गित हितैको माया भने नेपाली दर्शकहरुमाझ मन मुटुमा बस्न सफल भयो ।
टिकटकको कभर गितले हितैको माया गाउने अफर
मैले आफुले गाएको कभर गितहरु टिकटकमा राख्ने गर्थे । एक दिन सोही कभर गित चै फिल्मका संगितकार जयन जे वाईबाले सुन्नु भएछ, र फिल्मको लागि केही नयाँ आवाजको महसुस गर्दै मलाई यो गित गाउने अवसर मिल्यो इन्द्रकलाले भनिन् । त्यो बेला म निकै खुसी अनि उत्साहित भएँ । यस प्रस्तावले मेरो इच्छालाई थप सहयोग पुराएको महसुस गरे” उनले भनिन् । उनले आफुले गाउने कभर गित र गिटारमा गाएको गितहरु टिकटकमा पोस्ट्याउँदै गर्दा संगितकार लामाले गित सुनेर इन्द्रकलालाई गाउनका लागि अफर गरेका थिए । इन्द्रकलाका अनुसार अहिले थप गित रेकर्डको लागि अफरहरु आईरहेको छ । एकदिन गित संगितकै माध्यमबाट सफल इन्द्रकलाको अठोट छ् । उनले पछिल्लो समय राम्रा गितहरुको थप अफर आउनेमा पनि ढुक्क छिन् । २१ बर्षिया इन्द्रकला १२ कक्षामा अध्यनरत छिन् । उनि अध्यान सँगै सांगितिक यात्रालाई पनि साथै लैजाने तयारीमा छिन् ।
