
भदौ ४ गते ।
नेपाल र म्यानमार हिमालयन –२ रुट कार्यान्वयनका लागि सहमत भएका छन् । दुवै देशका नागरिक उड्डयन प्राधिकरण प्रमुखहरुबीच बुधबार भएको छलफलले सहमति भएको हो ।
नेपालमा जारी एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरुको सम्मेलनका लागि म्यानमारको टोली काठमाडौं आएबो अवसर पारी म्यानमार र नेपाली टोलीबीच द्विपक्षीय छलफल गरेको थियो ।
महाकाली–काठमाडौं–बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, मुनमिङ हुँदै हङकङसम्मको हिमालयन–२ रुटका लागी नेपालले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मै प्रस्ताव गरिसकेको छ ।
चिन, भारत र म्यानमार रहेकोमा भारतले रुट कार्यान्वयन गर्न सहमति दिइसकेको छ । चीन यसमा सकारात्मक रहेपनि म्यानमारले सञ्चार प्रणालीको तयारी नभएको भन्दै यस रुटमा अनुमति दिन आनाकानी रेको थियो ।
