
पूर्णपुष्टि, फागुन २० गते ।
हिमालय एअरलाइन्सले एक वटा नयाँ जहाज ल्याएको छ । एअरलाइन्सले ए ३१९–११५ सिरिजको नयाँ जहाज सोमबार काठमाण्डौ ल्याई पु¥याएको हो ।
चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यापटेन हाओ दीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराएको कम्पनीले जनाएको छ । एअरलाइन्सको पुराना तीन वटा एअरबस ए ३२०–२१४ र एक एअरबस ३१९–११५ गरी चार वटा विमान भएका छन् ।
एअरबस कम्पनीद्वारा निर्मित यो न्यारोबडी, दुई इन्जिनयुक्त जेट विमान हो । आठ बिजनेस क्लास सिट र एक सय २० इकोनोमी क्लास सिट क्षमता रहेको विमानले १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्नेछ ।
यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने जनाईएको छ । एअरलाइन्सले सन् २०२१ सम्म थप दुई वटा विमान थप्ने जनाएको छ ।
