
पूर्णपुष्टि, साउन ३ गते ।
उदयपुरमा हुरेण्डेकद्धारा व्यवसायीक योजना सम्बन्धी ३ दिने तालिम आजबाट सुरु भएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र हुरेण्डेकको साझेदारीमा एकिकृत पोषण तथा उत्थानसिल जिविको पार्जन परियोजना अन्तर्गत तालिम सुरु भएको हो । तालिममा जिल्लाको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका २६ जना लाभान्वितहरु सहभागि भएको हुरेण्डेकका कर्मचारी गजेन्द्र लायो मगरले बताए ।
रौतामाईको वडा नं ५,७ र ८ बाट १९ जना र त्रियुगाको वडा नं.१५ खाँवुको ७ जना तालिममा सहभागि भएका छन् ।
३ दिन सम्म सञ्चालनहुने तालिममा व्यावसायीक योजना सम्बन्धी उत्पादन, बित्तिय, आवाश्यकता, महत्व, परिचय, खर्च, अभ्यास लगाएतका विषयमा प्रशिक्षण गरिने छ । तालिमले व्यवसायीक योजना तयारी बारे छलफल गरि आवश्यक योजना निर्माण गर्न सहयोग पु¥याउने तालिमका प्रशिक्षक अनिता कार्की र शम्भु खड्काले बताए ।

परियोजनाको जिविकोपार्जन कार्यक्रम अन्तर्गत समुदायमा व्यवसाय सुधारका लागि बाख्राखोर, बंगुरखोर सुधार, तरकारी खेती, नमुना प्रदर्शनी खोर र सिचाई निर्माणमा सहयोग गरिरहेको छ । लाभान्वितहरुलाई आफ्नो जिविकोपार्जनमा थप सुधारगर्न र ब्यवसायलाई दिगोरुपमा सञ्चालन गर्न सहयोग पु¥याउनको लागि तालिम सञ्चालन गरिएको हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाले बताए । तालिम बाकी लाभान्वितहरुको लागि पनि चाडै सञ्चालन गर्ने योजना रहेको थापाले बताए ।
हुरेण्डेकले जिल्लाको त्रियुगा, कटारी, रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ कार्यक्षेत्र बनाई स्वास्थ्य, जिविकोपार्जन र शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
