
पूर्णपुष्टि, भदौ ९ गते ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेक उदयपुरको साझेदारीमा सञ्चालित ५७ दिने तालिम बुधवार सम्पन्न भएको छ । उदयपुर जिल्लाको ४ पालिकामा हाउसवाईरिङ र सिलाईकटाइ सम्बन्धि सिपमुलक तालिम सम्पन्न भएको हो ।
सीपमुलक तालिममार्फत आन्मनिर्भर बनाउन संस्थाले हाउसवाईरिङ र सिलाईकटाई तालिम असार १३ गतेदेखि सुरु भएको थियो । सीप सिकेर स्थानीय स्तरमै जिविकोपार्जन सहज बनाउन जिल्लाको उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका साथै रौतामाई गाउँपालिका गरी चारवटा स्थानीय तहका ६५ जनाले तालिम लिएका थिए ।
हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाका अनुसार असार १३ गतेदेखि सुरु भएको तालिम भदौ ७ गतेसम्म सञ्चालन भएको थियो । रौतामाई २ स्थित भुट्टारमा ३९० घण्टे तालिमस्थलमा सिलाईकटाईका लागि २२ जना महिला र हाउसवाईरिङमा ९ जना पुरुष यस्तैे ताप्लीको वडा नम्बर ५ रुपाटाँर तालिम केन्द्रमा हाउसवाईरिङमा १८ जना पुरुष र सिलाईकटाइतर्फ १६ जना महिला गरी तालिममा ६५ जनाले निरन्तर सहभागिता जनाएका थिए ।
हुरेण्डेकका परियोजना ब्यवस्थापक गोविन्द ढकालका अनुसार तालिम अवधिभर आयोजकबाटै खाना, बस्नलगायतका सम्पूणर् व्यवस्थापन गरिएको थियो भने दुवै तालिम केन्द्रमा सहभागी ६५ जना सहभागीहरु जिल्लाको ताप्ली गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ५ कटारीको ८, ९ नम्बर वडा र रौतामाईको वडा नम्बर २ देखि ८ सम्म गरी ७ वटा वडा बाट सिपसिक्नका लागि आएका थिए ।

मेगा सप्लायर्स, रौतहट संगको सहकार्यमा सञ्चालन भएको सिपमुलक तालिम अन्तर्गत भुट्टार केन्द्रमा हाउसवाईरिङ तालिमलाई टंकराज राई र सिलाईकटाई तालिमका लागि बिनीता खड्काले साथै रुपाटार केन्द्रका लागि हाउसवाईरिङ तालिमलाई मोतिराज राई र सिलाईकटाई तालिमका लागि लिला मगरले सहजीकरण गर्नु भएको थियो । त्यस्तै तालिमबाट प्राप्तगरेको सीपमूलक ज्ञानलाई व्यवसायिक रुपमा अगाडि बढाउदै आफूलाई आर्थिक रुपमा सक्षम बनाउने तालिममा सहभागी सविता परियारले बताइन् । यस्तैगरी सीपलाई व्यवहारमा उतारेर जिविकोपार्जनको माध्यम बनाउने समापनकार्यक्रममा अर्का सहभागी घमान मगरले प्रतिबद्धता जनाएको छ । समापन कार्यक्रम मा साझेदार संस्था वल्र्ड भिजन ईन्टरनेशनल नेपालका प्रतिनिधी मोहन डाँगीले यो सिपमुलक तालिममा सहभागि भए पस्चात उहाहरुको ज्ञान र सिपलाई ब्यवसायिक रुपमा अगाढि बढाउन सकेमात्र हाम्रो योजनानुसार जिविकोपार्जनमा टेवा पुगेको हुनेछ र समुदायको बालवालिकाहरुको सम्वृद्धिमा सहयोग भएको हुनेछ र आगामि दिनहरुमा वल्र्ड भिजन र हुरेण्डेकको समन्वय र सहकार्य निरन्तर रहन सकेमा आवस्यक सहयोग गर्न सकिने बताउनु भयो ।

पूर्ण आवासीय सुविधासहितको तालिमका लागि ३५ लाख बजेट रहेको बित्त सयोजक दिनेश बिकले बताउनु भएको थियो । जसमध्ये ११ लाख मूल्य बराबरको सामान खरिदगरी सहभागिहरुलाइ तालिम समापनकार्यक्रमको दिन आवस्यक सिलाईकटाई मेसिन र हाउसवाईरिङका सामानहरु हस्तान्तरण गरिएको थियो भने अन्य बजेट सहजिकरण साथै तालिम ब्यवस्थापनमा खर्च भएको बिकले बताए । हुरेण्डेक ले जिल्लाको रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबु‚ गाउँपालिका, कटारी र त्रियुगा नगरपालिका कार्यक्षेत्र बनाई स्वास्थ्य, जिविकोपार्जन र शिक्षाको क्षेत्रमा विगत लामो समयबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

