हुरेण्डेक उदयपुरको अधिवेशन सम्पन्न

पूर्णपुष्टि, पुष ६
सामाजिक अभियानको क्षेत्रमा जिल्लाकै अव्वल संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले संस्थाका गतिविधीलाई थप मजवुद र व्यवस्थित बनाउन कार्यविभाजन गरेको छ ।
संस्थाको १० औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले विद्यान कार्यान्वयन गर्नेक्रममा १० वटा समिति निर्माण गरी संस्थाका गतिविधीलाई अघि बढाउने तयारी गरेको हो ।
कार्यसमितिका सदस्यहरु कार्यक्रम प्रति मात्र जवाफदेही हुने र अन्य गतिविधीमा सम्लग्न नरहने समस्या देखिएपछि संस्थाले कार्यविभाजन नै गरी सबै सदस्यलाई जिम्वेवारी दिएको हो । दिएको जिम्वेवारी अनुसार मासिक बैठकमा प्रगति विवरण खोजिने अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार जिम्वेवारी निर्वाहका लागि सम्बन्धित समितिले आवश्यक योजना बनाउने, परामर्श गर्ने, आर्थिक स्रोत जुटाउने र संस्थालाई पारदर्शिता र जवाफदेहि बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ । यसरी समितिले जिम्वेवारी अनुसार काम गरे नगरेको बैठकले मुल्यांकन गरी थप रणनीति बनाईने बताउनुभयो ।
बैठकले समन्वय तथा योजना तर्जुमा समितिमा अध्यक्ष शंकरबहादुर थापाको संयोजकत्वमा सचिव अनिल थापा र सदस्य भरत खड्का रहेको समिति बनाएको छ । त्यसैगरी अनुगमन तथा मुल्यांकन समतिमा उपाध्यक्ष मणिकादेवी दुलाल संयोजक, भरत खड्का र केशव राई सदस्य रहेको सचिब अनिल थापाले बताउनुभयो ।
त्यस्तै क्षमता अभिवृद्धीमा सदस्य विकास बन्जरा संयोजक, प्रतिका गदाईली, सत्यनारायण चौधरी सदस्य, खरिद समितिमा सदस्य उमेश पाण्डे संयोजक, प्रतिका गदाईली र निरा राई सदस्य, सूचना, सञ्चार तथा प्रचार प्रसारमा सहसचिब जिवनाथ दाहाल संयोजक, भरत खड्का र प्रतिका गदाईली सदस्य रहेका छन् ।
यसैगरी पदपुर्ति समितिमा अध्यक्ष शंकरबहादुर थापा संयोजक, सचिब अनिल थापा, सदस्य उमेश पाण्डे र सम्बन्धित कार्यक्रमका फोकलपर्सन रहेकाछन् । कार्यालय व्यवस्थापन तथा संस्थागत विकासमा अनिल थापा संयोजक, कोषाध्यक्ष फुलकुमारी चौधरी र उमेश पाण्डे रहेका छन् ।
लैङ्गिक समता र सामाजिक समावेशीकरणमा फुलकुमारी चौधरी संयोजक, श्याम राई र निरा राई, गुनासो सुनवाई तथा सूचना अधिकारीमा अनिल थापा, विकास बन्जरा र उपेन्द्र तामाङ्ग र वाल संरक्षण समितिमा अनिल थापा रहेका छन्। बैठकले पुर्वअध्यक्ष दुर्गाकुमार थापाको अध्यक्षतामा अम्बिका थापा, गोपि मिजार र किसनवती सदा सदस्य रहेको सल्लाहकार समिति गठन गरेको सचिब थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0