Sunday, April 19News That Matters

हेलिकेप्टर फेमिली चार्टरमा आएको खुल्याे

पूर्णपुष्टि सम्बाददाता
४ चैत्र, २०८२ । उदयपुर
खोटाङमा दुर्घटनाग्रस्त हेलिकेप्टर फेमिली चार्टरमा आएको खुलेको छ । सुरुमा शब ल्याएर गाउँ आएको भनिए पनि पारिवारिक भेटघाट प्रायोजनमा हेलिकेप्टर ल्याएको खुलेको हो ।
चालकसहित छ जना सवार एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको ९एनएएफक्यू कलसाइन० हेलीकप्टर केपिलासगढी गाउँपालिका वडा नम्बर–२ खार्तम्छास्थित बालावेशीमा दिउँसो १२ बजेर २ मिनेट जाँदा दुर्घटनाग्रस्त हुन पुगेको थियो । हेलिकेप्टर फेमली चार्टरमा यात्रु लिएर काठमाडौंबाट उढेकोमा अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किन पुगेको हो ।
हेलीकप्टरमा काजीबहादुर राई, लक्ष्मी राई, समला राई, वालकुमार राई र डाकमणी राई सवार थिए । ५० वर्षीय काजी राई घाइते भए । घाईते काजीको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनी बाहेक अन्यको अवस्था सामान्य रहेको छ ।  घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ ।