
पूर्णपुष्टि, असार ५ गते ।
गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष राति मृत्यु भएको हो ।
दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्ककिएका लामो समयदेखि प्यारालाइसिसको बिरामी थिए । उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी होम क्वरेण्टीनमा बस्दै आएको थियो ।
आज उनको स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको छ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
