Tuesday, June 30News That Matters

भारतमा एकैदिन १३ हजार बढी संक्रमित थपियो

पूर्णपुष्टि, असार ५ गते । 

भारतमा एकै दिन १३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा  संक्रमितको संख्या ३ लाख ८० हजार ५ सय नाघेको छ । संक्रमित मध्ये २ लाख ४ हजार ७ सय १० जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको कारण १२ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

भारतको महाराष्ट्र राज्य सबै भन्दा बढी प्रभावित भएको छ । यो राज्यमा १ लाख २० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै तमिलनाडुमा ५२ हजारभन्दा धेरै, दिल्लीमा ४९ हजारभन्दा धेरै र गुजरातमा २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।