
पूर्णपुष्टि, माघ २७
उयदपुरमा ठुलो परिमाणको लागुऔषाध बरामद भएको छ । १२१ केजी गाँजा सहित अन्य लागुऔषाध ओसारपसारमा संलग्न ७ जनालाई लागुऔषाध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
उदयपुरको कटारीबाट ठुलो परिमाणको गाँजा सहित ताप्लीको एक जना पक्राउ परेको छ । अन्दाजी ३ बजेको समयमा कटारी नगरपालिका ८ सानो दमदारबाट एक युवा गाँजा सहित पक्राउ परेका हुन् । ताप्ली गाउँपालिका ३ घर भई हाल सिराहा धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने ४१ बर्षिय सन्त बहादुर मगर पक्राउ परेका हुन् । सिद्धिचरण राजमार्ग बेतेनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नं को बेलेरोमा खानतलासि गर्दा गाँजा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्नै गाडीमा अदुवाको बोरा भित्र लुकाई छिपाई लिएर आईरहेको अवस्थामा मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो ।
मगर आफै बोलेरो साहु समेत रहेको र आफ्नै बोलेरो प्रयोग गरी गाँजा ओसार पसार गरेको भन्दै बोलेर र निज मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी दाहालले बताउनुभयो ।
लागुऔषाध नियन्त्रण अभियान अन्तरगत बिषेश सूचनाको आधारमा गाँजा सहित मगरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
यस्तै अन्य बिभिन्न लागुऔषाध सहित ६ जनालाई पनि प्रहरीले पक्राउ गरेका छन् । त्रियुगा नगरपालिका ६ जलजलेका बिषेश प्रहरी टोलीले लागुऔषाधमा संलग्न रहेको भन्दै उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ का ३२ बर्षिय बिदुर अधिकारी, त्रिनपा १४ का २६ बर्षिय कुमार मगर, त्रिनपा १३ का २५ बर्षिय सागर चौधरी, सुनसरी इटहरी उपमाहानगरपालिका २ का २५ बर्षिय अभिषेक जैसवाल, त्रिनपा १२ का १५ बर्षिय राजाराम भगत र त्रिनपा ११ का २६ बर्षिय असिम राई पक्राउ पेरेका छन् । उनिहरुको साथ बाट डाईजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिक २१ एम्पुल गरी जम्मा ६३ एम्पुल र २ वटा सिरिन्ज समेत बरामद भएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
फोटो फिचर





