Monday, June 22News That Matters

१३६ जनालाई नक्कली पिसिआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइए

पूर्णपुष्टि,वैशाख ८

आज विमानस्थलमा पुगेका १३६ जनालाई अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा फर्काएको छ । उनीहरूलाई काठमाडौैंको सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा अध्यागमन विभागले फर्काएको हो । सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा फर्काइएको विभागले जनाएको छ ।

यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको विभागले जनाएको छ । फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको छन् ।

सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले हिजो छापा मारेको थियो । विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नक्कली नेगेटिभ रिपोर्ट बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो । हेल्थ केयर सञ्चालकसहित ८ जनालाई हिजो नियन्त्रणमा लिइएको थियो ।