
पूर्णपुष्टि, जेठ ५ गते ।
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकलाई पुस्कार प्रदान गरिएको छ । सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो ।
स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको मन्त्रालयले जनाएको छ ।
