Thursday, May 7News That Matters

१३ दिनपछि रसुवागढी नाका खुल्यो

पूर्णपुष्टि, भदौ १२

रसुवागढी नाका १३ दिन पछि खुलेको छ । चीनतर्फ गएको पहिरोले गत साउन ३२ गतेदेखि नाकामा आयात निर्यात रोकिएको थियो ।

चीनको केरुङभन्दा वर पर्ने ठोङ्सामुनिको घुम्तीनेर गएको पहिरो पन्छाएसँगै आयात सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका खेलेपछि शुक्रबारदेखि नियमित कारोबार सुरु भएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

त्यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।