Thursday, August 6News That Matters

१३ नं वडाका दैनिक ज्याला मजदुर र विपन्न परिवारलाई खाद्यन्न वितरण

गाईघाट/चैत्र, १७

त्रियुगा नगरपालिकाले वडा नं १३ का दैनिक ज्याला मजदुरी र विपन्न परिवारलाई मंगलबार खाद्यन्न वितण गरेरको छ । नगरपालिको सहयोग र वडा नं १३ को समन्वयमा खाद्यन्न वितरण गरिएको हो ।

अहिले विश्वमा फैलिरहेको कोरोना भाईरसले दैनिक ज्याला मजदुरी र विपन्न परिवारलाई समस्या बनाईरहेको भन्दै नगरले नगर भरिका वडाहरुमा त्यस्ता व्यक्ति तथा परिवारहरुको पहिचान गर्दै खाद्यन्नको व्यवस्था गरिएको नगरपालिकाका मेयर वलदेव चौधरीले बताए ।

अहिलेको विपद अवस्थालाई मध्यनजर गर्दै त्रियुगा नगरपलिका वडा नं १३ ले तत्काल त्यस्ता वडावासी परिवार तथा व्यक्तिहरुको पहिचान गरी नाम संकलन गरेको थियो ।

जनताहरुलाई तत्कालको लागि खाद्यन्नमा जोड गर्दै १३ नं वाडा अन्तर्गत खाद्यन्न वितरण गरिएको त्रियुगा नगरपलिका वाड नं १३ की वडा अध्यक्ष पशुपती चौधीले बताइन् ।

वडाका प्रत्येक टोल भरीका विपन्न परिवारका १५० जनालाई प्रत्येक व्यक्ति दश केजी चामल, आदि केजी दाल, १ प्याकेट तेल, १ पोका नुन गरी मिलाएर वितरण गरिएको अध्यक्ष चौधरीले बताइन् ।

माक्स र सवुन पनि वितरण

त्रियुगा नगरपालिका वडा नं १३ ले माक्स र सावुन पनि वितरण गरेको छ । कोरोनाको उच्च जोखिमबाट जनताहरुलाई सचेत र सुरक्षित गर्न वडाभित्र रहेका सबै जनताहरुलाई मक्स र सावुन वितरण गरेको हो ।

१ हजार ५ सय ११ घर परिवारलाई ६ हजार ४ सय ३० ओटा माक्स र १ ओटा सावुनको दरले १५ सय ओटा सावुन पनि वितरण गरिएको वडाका सचिव भिमा राईले बताइन् । राहत तथा अन्य सामाग्री त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, र १३ नं वडाकी वडा अध्यक्ष पशुपती चौधरीले वितरण गर्नु भएको थियो ।

फोटोफिचर