Tuesday, May 5News That Matters

१३ नं वडामा ऐलानी जग्गा नापी सुरु

पूर्णपुष्टि, मंसिर २५
त्रियुगा नगरपालिका वडा नं १३ मा ऐलानी जग्गा नाप्न आज बाट सुरु गरिएको छ । आईतबार वडाका बिभिन्न टोलहरुमा रहेको ऐलानी जग्गा नाप्न सुरु गरिएको त्रियुगा नगरापलिका १३ नं वडाकी अध्यक्ष पशुपति चौधरीले बताईन् ।

चौधरीका अनुसार बर्षौँ देखी लापुर्जा बिहिन रहेको जग्गाहरुलाई व्यक्तिको नाममा धनि पुर्जा उपलब्ध गराउने हिसावले जग्गा नाप सुरु गरिएको जनाएको छ । त्रियुगा नगरपालिका ऐलानी जग्गा व्यवस्थापन समितिले नगरपालिकाको कार्यविधि अनुरुप जग्गा नाप्न सुरु गरेको अध्यक्ष चौधरीले बताईन् ।
ऐलानी जग्गालाई व्यवस्थापन गरी भोगचलन गर्ने व्यक्तिहरुलाई धनिपुर्जा उपलब्ध गराउने भन्दै आएको बिभिन्न खालका आयोगहरु पटक पटक स्थानीयहरु झुक्याएको भन्दै स्थानीय सरकारले कार्यविधिको मापदण्ड अनुरुप जग्गा व्यवस्थापन गर्ने गरी नाप जाप सुरु गरेको त्रियुगा गनरपालिकाले जनाएको छ । वडाको बिभिन्न सम्बन्धित निकाय, स्थानीय, टोल विकास संस्था लगायतको उस्थितिमा औपचारिक छलफल पछि नापजापको काम सुरु गरिएको छ ।

विवाद रहित कामका लागि जग्गा नापजाँच गर्नु अगाडी स्थानीय, टोल विकास संस्था लगायत सम्बन्धित निकायहरु सँग छलफल

हाल नगरको १,२,३, ६ मा नापि सकेको र १२ मा पनि नापिको काम भईरहे सँगै १३ नं वडामा पनि काम सुरु गरिएको अध्यक्ष चौधरीले बताईन् । जग्गा नापजापको काम त्रियुगा नगरपालिकाको प्रशासनिक कर्मचारी भुवन श्रेष्ठ सहितको टोलीले व्यवस्थापन गरेको छ ।