Wednesday, November 11News That Matters

१३ नं. वडा प्रगति सार्बजनिकसहित जेष्ठ नागरिकहरुलाई छाता र झुल, प्रगति विवरण सहित

पूणर्पुष्टि, साउन २ ।

त्रियुगा नगरपालिका वडा नं. १३ ले आर्थिकवर्ष २०७६/०७७ को प्रगति विवरण सार्बजनिक गर्दै आप्mनो वडाका बृधबृद्धाहरुलाई जेष्ठ नागरिक सम्मानस्वरुप छाता र झुल शुक्रबार वितरण गरेको छ ।

वडाले एक कार्यक्रमको आयोजना गरी वडाभित्रका बृधभत्ता पाइरहेका एकसय ८० जना बृधबृधाहरुलाई छाता र झुल वितरण गरेको हो । वडाध्यक्ष पशुपती चौधरीका अनुसार वर्षातमा हिडडुलको बेला पानी परेमा वा घाम लागेमा ओतिनलाई छाता र राती सुत्दा लामखुट्टेबाट जोगिनलाई झुल दिइएको हो । वडाले हरेक वर्ष न्यानो कपडा वा अन्य कुनै सामान दिएर बृधबृधाहरुको सम्मान गर्दै आएको छ । यो पटक बृधबृधालाई झुल र छाता दिएर जेष्ठनागरिक सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जेष्ठ नागरिकहरुलाई छाता र झुल हस्तान्तरण गर्नुभयो । त्यसैगरी नेकपा जिल्ला सदस्य एवम् मेयरका सल्लाहकार परमेश्वर घिमिरे, नेकपा नगर अध्यक्ष प्रकाश बस्नेत, सचिव गिता खड्का कार्की, मेयरका सल्लाहकार दिर्घलाल चौधरी लगायतले पनि वितरण गर्नुभयो ।

जेष्ठ नागरिकहरु वर्षातको समय अनुकुल छापा पाएको र वर्षामा लामखुट्ट निकै लाग्ने अवस्थामा झुल पाएकोमा खुसी भएका छन् । उनीहरुले खुसी ब्यक्त गर्दै जनप्रतिनिधिहरुलाई आशिर्वाद दिएका छन् । सरकारले दिएको भत्ताका साथै वडाले पनि सामग्री प्रदान गरेकोमा खुसी हुदै उनीहरुले जनप्रतिनिधीहरुलाई आशिर्वाद दिएका हुन् ।

त्यसैगरी वडाले कृषकहरुका टनेला, फलफुलका विरुवा आदि पनि वितरण गरेको छ । वडाका १८ वटै टोल विकास संस्थाहरुलाई समेटि तरकारी खेतीका लागि टनेला लगायत कृषि सामग्री वितरण गरेको हो । खेलाडीहरुका लागि खेलकुद सामग्रहरु वितरण गरेको छ ।

वडाले आ.व. २०७६/०७७ मा कोभिड १९ विरुद्धको लडाईसंगै विभिन्न विकासमुलक काम तथा वडा गतिविधिहरु सफलरुपमा सम्पन्न गरेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रदेश सांसद घिमिरेले महिला अध्यक्ष भएर गरेको वडाका कामहरु प्रशंसनीय पाइएको बताउनुभयो । वडा नं. १३ मा सयबढी विगाहा जमिनमा चक्लाबन्दी खेती हुनेकुरा विशेष लागेको र जेष्ठ नागरिक सम्मान कार्यक्रम पनि विशेष भएको बताउनुभयो । राज्यले जेष्ठ नागरिकलाई भत्ताको व्यवस्था गरेको र जेष्ठ नागरिकहरुले पनि जनप्रतिनिधीहरुबाट आशिर्वाद पाइरहेको बताउनुभयो ।

मेयर चौधरीले त्रियुगा नगरका सबै बृधबृधाहरुले कोरोनालाई जितेको चर्चा गर्नुभयो । अवका दिनमा पनि कोरोनालाई जितेर जाने बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधीहरुले सुरुकोवर्ष चुनाव र पछिल्लो वर्ष कोरोनाले अल्मल्याए पनि उल्लेख विकास निर्माण तथा सबैखाले काम तथा गतिविधि अगाडी बढ्न सकेको बताउनुभयो । जनप्रतिनिधीको काम उल्लेख्य नै रहेको बताउनुभयो ।

फोटो फिचर