
पूर्णपुष्टि, साउन २
जबरजस्ति करणी मुद्दामा फरार रहेको अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई पक्राउ परेको हो ।
जिल्ला अदालत उदयपुरबाट ५ वर्ष कैद सजाय फैसला भएपछि फरार रहेको प्रतिबादी राईलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विशेष सचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले फरार अभियुक्त राईलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागी अदालत पठाएको प्रहरीले जनाएको छ ।
