Friday, June 12News That Matters

१४ नं वडामा माओवादीको प्यानलै बिजयी

पूर्णपुष्टि, जेष्ठ १२
१४ नं वडामा माओवादीले बिजयी हाँसलि गरेको छ । संयुक्त गठबन्धन माओवादी र नेकपा एसका उम्मेदवार हेम मगर उक्त वडामा बिजयी बनेका छन् । एमाले र कांग्रेसलाई हराउँदै मगरको प्यानलले नै जित निकालेको छ ।

मगरले नेकपा एमालेका उम्मेदवार मेघ जित राईलाई हराउँदै अध्यक्षमा बिजयी बनेको हो । मगरको ६६२ मत आउँदा राईका ५०१ मात्र आएका थिए । यता नेपाली कांग्रेसको उम्मेदवार गिता कुमारी थापा मगरलाई भने १०४ मत मात्र आएको छ । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्याई बिजी गरिन् । दलित महिला सदस्य तर्फ ५९३ मत ल्याउँदै माओवादीकै केशरी माया नेपाली जित निकालिन ।