
पूर्णपुष्टि, फागुन ११ ।
१४ वर्षीया किशोरी करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेको छ । सो ठाउँको किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरेको हो ।
अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । करणीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले गरुङलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
