
पूर्णपुष्टि, फागुन २३ ।
एक १५ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीका १५ वर्षीय शिक्षक पक्राउ परेको छ । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्ययालका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।
ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
