
पूर्णपुष्टि, चैत्र २४ । त्रियुगा नगरपालिका वडा न. १६ ले अति विपन्न वडावासीहरुलाई बाख्रा वितरण गरेको छ । वडाले उक्त कार्यक्रमलाई बर्षेनी निरन्तरता दिईरहेको अवस्था छ । वडाका विपन्न परिवारलाई गरिबीबाट उकास्न बार्षिक रुपमा पशु वितरण कार्य गर्दै आएको छ । शुक्रबार सिरुवानी गाउँ स्थित वडामा रहेको टोलका अति विपन्नहरुलाई घरपरिवारलाई छनौट गरी बाख्रा वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाए । अध्यक्ष राईका अनुसार वडा स्थित सिद्रे, चिलाउने, फोक्सीन्टार, सिम्ले, सिदाली, कर्कले गैरि गाउँ, सिरुवानी, धौरी, भोर्ले, जाँते, ब्याङ्री र रातापानी गरी १५ विपन्न घर परिवारलाई बाख्रा वितरण गरिएको हो ।
। वडाअध्यक्ष राईका अनुसार २०७९÷०८० को स्वीकृत वडागत बजेट तथा कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको जनाए । उक्त कार्यक्रम अन्तरगत वडाले गत विगत देखिनै बाख्रा, बंगुर र भैर्सी जस्ता पशुहरु वितरण गर्दै आएका थिए । यस कार्यक्रममले ब्यवसायीक कृषकहरुलाई प्रत्यक्ष फाईदा पुराउनुका साथै गरिबी न्युनिकरणमा सहयोग पुरायको अध्यक्ष राईले बताए । वडाले बितरण गरेको भैसी पालन प्रवद्र्धनले अहिले कृषकहरुको आयआर्जन विकास भैरहेको छ । राईका अनुसार अहिले वडामै दुग्ध उत्पादन गरी बिक्रि वितरण समेत भैरहेको जनाए ।

बाख्रा वितरण गर्दै अध्यक्ष राईले यस्ता कार्यक्रममले अति विपन्न घरपरिवारको आर्थिक स्तरोन्नतीमा टेवा पुग्ने जनाए । राईले वडावासीहरुलाई बाख्रापालन ब्यवसायीवाट आर्थिक क्षेत्रलाई मजवुद वनाउन समेत अनुरोध गरे । त्यसलाई पालनपोषनमा ध्यान दिन भन्दै त्यसवापत आएको आम्दानीले पारिवारीक जिवन स्तर सुख बनाउन समेत सुझाए । उनले बाख्रा पाउने वडावासीहरुलाई पाएको बाख्राले आम्दानी बढाएर उदाहरणीय बन्न समेत सुझाए । बाख्र लगेर तत्काल बेच्ने र दुरुपयोग गर्ने काममा नलाग्न समेत उनिहरुलाई सुझाए । उनले बाख्रलाई उपचार, बिमा र खोर सुधारमा ध्यान दिन पनि उनिहरुलाई भनेका छन् । कार्यक्रममा १५ घर परिवारलाई करिब ६० ओटा बाख्रा वितरण गरिएको वडा सचिव महेश खनालले जनाए । खनालका अनुसार उक्त बाख्रा प्रत्येक घरलाई ४ ओटाको दरले वितरण गरिएको हो । बाख्रा वितरण कार्यक्रममा अध्यक्ष राई सहित वडा सदस्य तथा समन्वय समिति सदस्य गोमा कार्की, वडा सदस्य घमान सिंह राई, कुन्दी परियार, रामनारायाण श्रेष्ठ, वडा सचिव महेश खनाल, वडाका पशु प्राविधिक दिनेश पोखरेल, वडाको असिस्टेन सव इन्जीनियर बिष्णु बहादुर तामाङ र स्थानीयहरुको उल्लासमय उपस्थिती रहेका थिए ।
वडामा घट्दै गरिवी
उक्त वडामा रहेको २७ प्रतिशत गरिवी अहिले ३ प्रतिशतले घटेर २४ प्रतिशतको हाराहरीमा झरेको वडाको तथ्याङ्कमा उल्लेख छ । वडाले पछिल्लो समय कृषी तथा पशुपालन व्यवसाय प्रवद्र्धनको माध्यमद्धारा वडाको गरिवी विस्तारै घट्न सुरुवाती भएको वडाले जनाए । त्यहाँ अति विपन्न परिवारको पहिचान गरी आर्थिक उन्मुख कृषि उपकरण र पशुपालनका लागि बाख्रा, बंगुर, भैँसी जस्ता पशुहरु वितरण गर्दै आएका थिए । वडाको यस कार्यले त्यहाँ भएको अति विपन्न परिवारलाई पनि आर्थिक आम्दानीमा मजवुद बनाउँदै आएको वडावासी उपेन्द्र कुमार राईले जनाए । त्यहाँ बर्षेनी व्यवसायीक कृषकहरुलाई माउभैँसी लगायतका पशुहरु वितरण गरिएको छ । वडाले यस भन्दा पहिले पनि ५७ घर परिवारलाई बंगुरको पाठा वितरण गरेका थिए । त्यस उताको आर्थिक बर्षहरुमा पनि भैँसी, बाख्राहरु वितरण गर्दै आएका थिए । कृषकहरुलाई तरकारी खेती प्रवद्र्धनका लागि कृषि उपज संकल केन्द्रको स्थापना गरी संञ्चालन गरिएको छ ।

