
पूर्णपुष्टि, १८ फागुन ।
त्रियुगा नगरपालिका वडा नं १६ मा कर्मचारी, जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई ३ दिने क्षमता विकास तालिम दिईएको छ । कार्यालयको कामलाई चुस्त दुरुस्त जनमुखी बनाउन तालिम प्रदान गरिएको वडा सचिव महेश खानालले जनाए । तालिममा स्थानीय सरकार संञ्चालन ऐनको बारेमा उपस्थितिहरुलाई जानकारी गराईएको सचिव खानालको भनाई छ ।

जनप्रतिनिधि, कर्मचारी तथा टोल विकासका पदाधीकारीहरुको संयुक्त उपस्थितिमा वडा कार्यालयको काम कार्वाहीबारे तालिममा छलफल भएको छ । जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाहरुबीच काम कार्वाही बढी जसो हुने हुँदा सम्बन्धित पक्ष पहिला जानकारमुखी बन्नु पर्ने वडाको भनाई छ ।

यी तिन निकाय आफ्नो काम र जिम्मेवार प्रति सचेत र सजग बने जनताको काम सहज र सरल बन्नेमा ढुक्क रहन सकिने वडाले जनाए । तालिममा कार्यालय व्यवस्थापन सम्बन्धि क्षमता बिकास, ब्यक्तिगत घटना दर्ता ऐन, योजना तथा कार्यक्रम संञ्चालन र टोल बिकास संस्थालाई सक्रिय बनाउने बारे जानकारी गराईएको छ । मंगलबार बाट संञ्चालन तालिम बिहिबार सम्पन्न भएको थियो ।

