१६ नं वडाका युवाहरुलाई व्यवासायी भैँसी पालन र कृषिमा सफलता

पूर्णपुष्टि, पुष ७
त्रियुगा नगरपालिका वडा नं १६ मा केहि युवाहरु आफ्नै ठाउँमा आत्मनिर्भरको उदाहरणीय पात्र बन्दै गएको छ । उनिहरु बैदेशिक रोजगार बाट फर्केर आफ्नै ठाउँको उर्बरा माटो र प्राकृतिक स्रोत साधनका बिच पशुपालन बाट आत्मनिर्भर बन्दै गएको हो । गत बर्ष मात्रै १६ नं वडाले बैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई स्वदेशमै केहि गराउने र रोजगारको बाटो देखाउने उदेश्यले व्यवसायीकरणको लागि भैँसी बितरण गरेका थिए ।

सोही भैँसी तथा कृष उपजहरु प्रयोग तथा प्रयासले वडाका २ युवाहरु सफलताको पहिलो उदाहरणीय पात्रको रुपमा अगाडी बढीरहेको छ । वडा स्थित सुकौराका स्थानीय युवा युवक कुमार राई र अर्का युवा आहालेका दल बहादुर मगर वडाले उपलब्ध गराएको साधन बाट नमुना आत्मानिर्भरको युवाको परिचय दिँदैछन् । उनिहरुले वडाले उपलब्ध गराएको भैँसी र कृष उपजहरुको सहि सदुपयोग र संघर्ष गर्दै आफ्नै देशमा आत्मानिर्भरो बाटोलाई अंगालेको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।

पाएको चिजलाई गुमाउनु भन्दा पनि दिर्घकालिन आर्थिक स्रोतको लागि संघर्ष गर्ने युवाहरु आज वडामा सफल हुँदै गएको पनि अध्यक्ष राईले बताउनुभयो ।
वडा कार्यालय र स्थानीय वैदेशिक रोजगारीबाट फर्केका युवा कृषकहरु विचको साझेदारी कार्यक्रम अन्तर्गत संञ्चालन गरिएको व्यवसायिक भैंसी पालन र तरकारी खेती व्यवसायले वाडवासीहरुलाई आत्मानिर्भरको अवस्थामा लगेको अध्यक्ष राईको भनाई छ ।

राईले केही बर्षभित्र दुग्ध र तरकारी उत्पादनमा वडा आफै आशातित उपलब्धि हासिल हुने र सोहि प्रयासबाट युवा स्वरोजगार तथा आर्थिक सम्बृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको समे अध्यक्ष राईको बुझाई छ । राईले संघर्षमा उत्रेका वडाका दुवै युवा तथा संघर्षको बाटोमा निरन्तर लागरिहनु भएका सम्पूर्ण युवाहरु प्रती सम्मान व्यक्त समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0