
पूर्णपष्टि, बैशाख १७
त्रियुगा नगरपालिका १६ नं वडाका निवर्तमान अध्यक्ष मान वहादुर राईले जनताको आग्रहमा नै आफुले वडाअध्यक्षका लागि पूनःउम्मेदवारी दिएको जनाएका छन् । राई २०७४ सालको चुनावमा माओवादीबाट भारी मतले जित हाँसिल गेको निवर्तमान वडाअध्यक्ष समेत हुन् । राईलाई त्रियुगा नगरपालिका भरीकै भौद्धिक वडाअध्यक्षको रुपमा समेत रुचाईएका थिए । जनताको लोप्रियताकै कारण राईलाई पार्टी र वडावासीहरुले पून ः उम्मेवदारीको पात्र बनाएका छन् ।
राईले वडावासीहरुका लागि पनि थुप्रै विकास गरेका छन् । उनले जनताहरुलाई दिएको आश्वसन अनुरुपका चुनवी एजेण्डालाई काम गरेर देखाएको जनाएका छन् । वडामा जनताको आवश्यकीय कामहरु भएको जनाएको छ । खस गरी त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, कृषि तथा पशुपालन जस्ता कार्यहरुको प्रमुख आवश्यक रहेकोमा सम्भव भए वडाले पुरा गरेको जनाएको छ ।
स्थानीय सरकार पछि बजेटले भ्याए सम्मै वडावासीहरुको निमित्त काम गरेको राईको भनाई छ । ५ बर्ष सम्म गरेको प्रयासले वडा विकासमुखी बनेको पनि राईले जनाए । उनले आफु वडाअध्यक्ष भएपछि जनताहरुमा भएको समस्याको चाङलाई समधान गर्न सफल भएको बताए ।
वडावासीहरुका लागि राईको प्रमुख एजेण्डा
राईले अब पूनः एक पटक जनताहरुले वडाको नेतृत्वमा पुराए बाँकी काम र नयाँ कामलाई जोड गर्ने हिसावले थप एजेण्डा समेत प्रस्तुत गरेको छ । उनले वडामा सुद्ध खानेपानीको समस्यालाई प्रमुख एजेण्डाको रुपमा लिएको छ । खानेपानी सँगै संञ्चार, नागरिकहरुलाई सुरक्षीत आवासका लागि जस्ताको छाना अभियान, व्यवसायीक कृषि, स्वदेशमै स्वरोजगारको व्यवस्था, वालवालिकाहरुको शिक्षा स्वास्थ्यमा प्राथामिकता र भौतिक पूर्वधार अन्तरगत पुल पुलेसा, नाली तथा ढल, कुलो लगायत महत्वपूर्ण एजेण्डा अघि सारेको जनाए ।
उनले वडामा अझै पनि ५ सय घरधुरीको हाराहारीमा सुद्ध खानेपानी बाट बन्चीत वडावासीहरु रहेको जनाए । “एकघर एक धारा पूर्ण सरसफाई हाम्रो अविभारा” भन्ने मुख्य नारा सहित ५ बर्षको कार्यकालमा करिब ३ सय घरधुरीलाई मात्रै सुद्ध खानेपानी वितरण गर्न वडा सफल भएको उनले जनाए । अब थप घरधुरीहरुका लागि बरुवा वृहत खानेपानी योजना लाई संघिय खानेपानी कार्यक्रम अन्तरर्गत स्वीकृत गरी हाल काम पनि सुरु भएको जनाए । उनले यसै कार्यलाई सम्पन्न र खानेपानी समस्या बाट वडावासीहरुलाइ सुन्यमा झार्न पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको जनाए । यस कामको सुरुमै ३ सय जनालाई खानेपानी वितरण गर्न सफल भएको र आउने समयमा सबै घरधुरीहरुलाई खानेपानीको पहुँचमा ल्याउने राईको भनाई छ ।

त्यसैगरी वडामा अर्को ठुलो समस्या संञ्चार रहेको जनाएको छ । सिम्लेमा करिब ६५ घर धुरी पूर्ण रुपमा संञ्चार बाट वन्चित रहेको राईले जनाए ।त्यहाँ नेटवर्कको समस्याका कारण यो अवस्थामा पनि फोनको समस्या रहेको जनाए । त्यहाँ मोवाईल तथा टेलीफोनको सेवा छैन् । यसकाल लागि वडाले केहि कामहरु विस्तार गरेको भएपनि कार्य सम्पन्न भईनसकेकाले सेवाहरु संञ्चालन हुुन नसेको जनाए । यस कार्यलाई पनि आफुले सम्पन्न गर्ने राईले जनाए ।
त्यस्तै वडावासीहरुलाई सुरक्षित आवासको निम्ति जस्ताको छानो कार्यक्रम पनि त्यहाँको महत्वपूर्ण एजेण्डाको रुपमा प्रस्ताव भएको छ । राईले करिब ४ सय घर धुरी अझै पनि फुसको छानामा वस्न बाध्य रहेको र त्यसलाई विस्थापित गरी जस्ताको छाना व्यवस्था गर्ने जनाए ।
अर्को महत्वपूर्ण एजेण्डाको रुपमा रहेको कृषि तथा पशुपालन कार्यक्रम पनि त्यहाँको जनताको प्रमुख आर्थिक स्रोत हो । “एक घर एक भैँसी खाऔँ धुग्द नखाऔँ रक्सी” भन्ने मुख्य नाराका साथ वडाले पशुपालनलाई थुप्रै अनुदान प्रदान गरी अभियान नै सुरु गरेको थियो । त्यस्लाई निरन्तर दिने जनाईएको छ । वडाले कृषकहरुलाई बिउ वितरण तथा आवश्यक औजार सामाग्री वितरण गरेर सहज बनाई कृषि उत्पादनमा आत्मानिर्भर बनाउने काम गरेको थियो भन्ने त्यसलाई थप व्यवस्थापन गर्ने राईले जनाए । वडाले बाख्र्रा, भैँसी, सुँगुर जस्ता पशुहरु वितरण गरी वडामा आर्थिक वृद्धिको कामलाई समेत सफल बनाएका थिए ।
राईले विदेश बाट स्वदेश फर्किएकाहरुलाई प्रोत्साहन स्वरुप अनुदान तथा पशु वितरण गर्दै रोजगारको सिर्जना गर्ने समेत जनाएको छ । आफनो पूर्व कार्यकालमा पनि यो काम भएकोमा थप निरन्तरता दिने जनाए ।
