Wednesday, May 27News That Matters

१६ बर्षको कलिलो उमेरमा सोनम शेर्पा बुबा सँगै पुगे सगरमाथाको चुचुरोमा

पूर्णपुष्टि, जेष्ठ ९

ताप्लेजुङका सोनाम शेर्पाले १६ बर्षकै कलिलो उमेरमा सफल सगरमाथा आरोहन गरेको छ । शेर्पाले आफ्नो बुबा पिके शेर्पा सँगै सगरमाथा आरोहन गरेको हो ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय शेर्पा आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए ।

मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको हो ।

आइतबार बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशनबाट आरोहणका लागि गएका थिए ।

पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आरोहन गर्न सफल सोनम सबै भन्दा कान्छो आरोही हुन सक्ने पनि जनाएको छ तर अहिले नै यसै हो भन्ने कुरा चै नरहेको उनीले बताईन् । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सोनमलाई कान्छो आरोही भन्न सकिन्छ’, आचार्यले भनिन् ।

आचार्यका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने जनाएको छ । आचार्यका अनुसार हालसम्म १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।