Tuesday, June 2News That Matters

१६ नं वडाका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

पूर्णपुष्टि, माघ ८
त्रियुगा नगरपालिका वडा नं १६ ले वडाभित्र रहेका अति अशक्त जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुलाई रु १ लाख बरावरको न्यानो कपडा वितरण गरेको छ । शुक्रबार वडा कार्यालय जाल्पा चिलाउने स्थित वडाका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्रिहरुलाई सहभागी गराई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।

अध्यक्ष राईका अनुसार वडामा रहेका करिब ३४ जना अपाङगता र ८० बर्ष भन्दा माथीका ३७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

वडाको लक्षित बर्ग कार्यक्र बार्षिक साामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत क र ख बर्गका अपाङगता तथा जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । वडाअध्यक्ष राई लगायत सम्पूर्ण वडा सदस्य, वडा कर्मचारी र स्थानीयहरु बिचको उपस्थितिमा कपडा वितरण कार्यक्रम गरिएको थियो ।