
पूर्णपुष्टि, पुष १५
१७ दिनदेखि बेपत्ता भएको एक जना १२ वर्षीय बालकको शव फेला परेको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका सन्देश लामिछानेको मङ्गलबार साँझ फेला परेको हो ।
प्रहरीकाअनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए ।
फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरीकाअनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो ।
जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको हो । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

