
पूर्णपुष्टि, साउन २४ गते ।
१९ वर्षीया एक जना युवती जबर्जस्ती करणी गरेको आरोपमा संखुवासभाबाट एक जना युवक पक्राउ परेको छ । जिल्लाको चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
