Saturday, June 20News That Matters

१ किलो भन्दा बढी सुनसहित विमानस्थलबाट परियार पक्राउ

पूर्णपुष्टि, साउन १३

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित एक युवा पक्राउ परेको छ । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।

परियारलाई उक्त सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।