२० बर्ष सम्म ज्यान मुद्धामा फरार रहेको श्रेष्ठ पक्राउ

पूर्णपुष्टि, मंसिर ९
सवारी ज्यान मुद्धाका फरार प्रतिवादिलाई २० बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । फरार रहेका भक्तपुर थिमि नगरपालिका–१३ बस्‍ने ४४ वर्षीय रामभक्त श्रेष्ठलाई नक्सालबाट बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डीएसपी ) निरन्जन दत्त भट्टको अनुसार उनले २०५९ साल पुस १५ गते काठमाण्डौँ महानगरपालिका –३२ कोटेश्वरमा बा२प ७३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक रामचन्द्र श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना लगतै रामभक्त श्रेष्ठ फरार रहेका थिए । श्रेष्ठ उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0