Monday, April 20News That Matters

२१ बर्ष अघी मलेसिया गएका कटारीका युवराज अझै फर्किएनन, खोजि गर्दिन परिवारको आग्रह

पूर्णपुष्टि, २० कार्तिक ।
उदयपुरको कटारी नगरपालिका वडा नं ३ च्याँगाका ७६ बर्षिय साबुधन राईलाई छोरा घर फर्किएर आउला की भन्ने आश अझै छ । आज भन्दा दुई दशक अघि रोजगारीको शिलशिलामा मलेसिया गएका राईका जेठो छेरा युवराज घर नफर्किदा परिवार बिछिप्त बनेको छ । छोरा गएको २१ बर्ष बितिसक्दा पनि घर फर्केर नआउँदा परिवार चिन्तित बनेको हो । समय र ठाउँहरुको स्वरुप फेरिसक्यो तर छोरा फर्किएर आएन्, “बाबु साबुधनले भने, ।

२१ वर्षदेखि जेठो छोरा युवराज राईको बाटो हेर्दै विताएका राईको मनमा हर्षौल्लास छैन् । घर आउँछु आँउछु भन्थ्यौं तर आशैआशमा मेरो जानेबेला भयो ।’राईले भने,। ‘उसको आमा मर्दा पनि आएन , आमा मर्दा अलिअलि खर्च चाहिं पठाएको थियो ।’राईले भने ,‘म पनि एकवर्षदेखि थला परेर वसेको छु , एक्सरे गर्न जान समेत सकेको छुईन् । ’

युवराजका आमा सगुमाया राईको २०७१ सालमा निधन भयो । त्यतिवेला पनि युवराज विदेशबाट आएनन् । २०३५ साल असोज २१ गते दसैैंको फुलपातीकै दिन युवराजलाई भारतको अरुणाञ्चलमा साबुधन र सगुमायाले जन्माएका थिए । काम गर्न अरुणाञ्चलमा रहँदा दसैंमा छोरा जन्मिंदा जति उल्लास थियो साबुधनलाई त्यो उल्लास डाँडामाथीको घाम हुँदा फर्किन सकेन् । ‘त्यतिवेला बुढीलाई थुनेलो भयो , तीनवर्षसम्म मैले पिठ्युँमा बोकेर साथमा दुध पानी , बोकेर रोयो कि , पकाएर ख्वाएर वचाँए ।’साबुधन भावुक भए । ‘त्यसलाई त्यहिवेला गाडिदिनुपर्ने रहेछ । ’

छोरा फर्केर आउने आशामा जिवन बिताईरहेका युवराजका बिरामी बुबा साबुधन राई ।

युवराज विदेश गएपछी नफर्किने खर्च पनि नपठाउने भएपछी श्रीमति दुर्गामाया राईले छोरा जनक पढाउन र घरखर्च चलाउन दुईपटक विदेश जानु पर्यो । ‘लेबनान गएँ विरामी भएर ६ महिनामै फर्किएँ , पछी कुबेत गएँ , १२ महिना वसेर फर्किएँ ।’दुर्गामायाले भनिन, ‘कहिलेकाँही फेसबुकमा सम्पर्क हुँदै हराउँदै गर्थ्यो अहिले त दुईवर्ष भयो वेपत्ता नै छ ।’
छोरा जनक सानैहुँदा विदेश गएका युवराज छोरा जनकले विवाह गरिसक्दा पनि फर्किएका छैनन् । गाउँका धेरैले मलेशियामा भेटर घर फर्किन आग्रह गर्दा आउँछु भन्ने र सम्पर्क विहिन हुने गरेको स्थानीय बताउँछन् । जेठो युवराज मात्रै होईन कान्छो भूपाल पनि वैदेशिक रोजगारीमा जाने आउने क्रमसँगै वेपत्ता भएको एकदशक हुन लाग्यो । ‘ विदेश जान्छु भनेर ऋण काढेर पठाको वेपत्ता भयो ।’राईले भने ।
दुईदशक अघि श्रीमान युवराज कुन म्यानपावरबाट गयो , कसले पठायो केहि थाहा नभएको श्रीमति दुर्गामाया वताउँछिन् । बुवा साबुधन जति वृद्धहुँदै गए त्यतिनै छोराहरुको सम्झनामा टोलाउन थालेको बुहारी दुर्गामायाले बताईन् ,‘मलाई भन्दा पनि ससुरुले धेरै याद गरेर रुँदै वस्न थाल्नुभयो ।’उनले भनिन् ,‘खोज्न जाउँ कहाँ जाने कसैले पहल गरेर निकालिदिएपनि ससुराको मुख हेर्ने रहर पुग्थ्यो ।’
दुई छोरा हुर्काउन सावुधनले पाखुरीमा वल हुन्जेल अरुणाञ्चलमा साहुको काम गरे , सिक्किम , ग्वाहाटीमा भारी बोके , मुस्ताङ्गमा आरा काटे , छोराको सहारा पाउने वेला पाएनन् । ‘एकपटक मात्रै घर आईदिए हुन्थ्यौं ।’राईले भने , ‘छोराको मुख हेरेर मर्ने मन थियो कसैले कतै पहल गरेर पक्रेर ल्याईदिएनि हुन्थ्यौ ।’