Tuesday, July 14News That Matters

२२७ किलो गाजाँ सहित ट्रकचालक र सहचालक पक्राउ

पूर्णपुष्टि,बैशााख २१ । धरानमा २२७ किलो गाजाँ सहित ट्रकचालक र सहचालक पक्राउ परेको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन् ।

बिहिबार बिहान साढेँ १ बज धरान उपमहानगरपालिका–१३ स्थित शिवधारा चेकप्वाइन्टमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा गाजाँ बरामद गरेको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए । पक्राउ परेका ट्रक चालक र सहचालकलाई थप अनुसन्धान तथा कारबाहीको लागी ईलाका प्रहरी कार्यालय धरान पठाईएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए ।