Tuesday, July 14News That Matters

लालपत्ता प्रहरी प्रमुख निरौला चैत्र महिनाको उत्कष्ट प्रहरी घोषित, लागुऔषाध नियन्त्रणमा मुख्य भुमिका

पूर्णपुष्टि, २१ वैशाख ।
उदयपुर लालपत्तामा कार्यरत रोशन निरौला चैत्र महिनाको उत्कृष्ट उदयपुर प्रहरी घोषित भएको छ । निरौलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । उनले सिमानामा हुने अपराधिक क्रियाकलाप, सिमानाका कटाएर भित्रिने अबैध सामान र बिषेशगरी लालपत्ता सिमाना हुँदै भित्रिने लागुऔषाध कारोवार नियन्त्रणमा ठुलो भुमिका खेलेको उल्लेख गरिएको छ ।

उत्कष्ट प्रहरीको घोषणा गर्दै भनिएको छ, विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै लागु औषध नियन्त्रण अभियान “ CAN ” को कार्ययोजना अनुसार मधेश प्रदेशसँग सिमाना जोडिएको प्रहरी चौकी लालपत्ता उदयपुरमा अस्थाई होल्डिङ सेन्टर स्थापना गरी हाल सम्म १५० जना लागु औषध प्रयोगकर्ताहरुलाई मनोपरामर्श प्रदान गरी बिभिन्न मितिहरुमा डाईजेपाम(६ एम्पुल, डाईजेल्याव (४ एम्पुल, बुप्रिनोर्फिन (१० एम्पुल, प्रोमेथाजिन (८ एम्पुल र नाईट्रोजेकियर (२० ट्याबलेट सहित २ जना मानिसलाई नियन्त्रणमा लिन सफल भई अं मुल्य रु ९,३५,१९१ । ( नौ लाख पैतिस हजार एक सय एकानब्बे) मुल्य बराबरको १०१.१५० ग्राम सुन सहित २ जना मानिसलाई पक्राउ गर्नुका साथै जिल्लाको प्रमुख प्रस्थान र प्रवेश बिन्दुमा रहेको प्रहरी चौकी लालपत्ता उदयपुरमा कार्यरत रही सिमानाकाबाट हुने अपराधिक क्रियाकलापहरुको न्यूनिकरण र रोकथाममा उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी बहन गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमहरु मार्फत ग्रामिण स्तरमा समेत जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय रौतामाई, उदयपुर दरवन्दी भई प्रहरी चौकी लालपत्ता, उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक रोशन निरौलाज्युलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७९ साल चैत्र “महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरिएको छ, “कदर पत्रमा उल्लेख गरिएको छ ।